
देशका उच्च हिमाली तथा पहाडी भेहरूमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा सामान्य हिमपात हुन सक्ने महाशाखाले बताएको छ।
साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराईका भू-भागहरूमा भने बिहानीपख हुस्सु र कुहिरो लाग्नाले जनजीवन कष्टकर हुनुका साथै हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने महाशाखाको अनुमान छ।
साथै आवश्यक सावधानी तथा सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।