०६ साउन २०८३, बुधबार

उपसभामुख पदमा उम्मेदवारी दिन सत्ता गठबन्धनका नेताहरू पुगे संसद् भवन

उपसभामुख पदमा उम्मेदवारी दिन सत्ता गठबन्धनका नेताहरू पुगे संसद् भवन

उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्न सत्ता गठबनधनमा रहेका दलका नेताहरू संसद भवन नयाँ बानेश्वर पुगेका छन्। 

एमाले नेताहरू सुवास नेम्वाङ तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायत नेताहरू संसद भवन पुगेका हुन्। 

उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने छ । सत्ता गठबन्धनले उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरलाई अघि सारेको छ। 

भोलि हुने निर्वाचनमा दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयनको कार्यतालिका बनाइएको छ। 

यसअघि हिजो सत्ता गठबन्धनकै समर्थनमा नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्