×

NMB BANK
NIC ASIA

गालीगलौज र ज्यान मार्ने धम्की सहन नसकी न्युजील्यान्डकी प्रधानमन्त्रीले राजीनामा दिएकी हुन् ?

माघ ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डर्नले बिहीवार अचानक राजीनामाको घोषणा गरेपछि राति आरामले सुतेको बताएकी छन् । 

Sagarmatha Cement
Muktinath Bank

लामो समयपछि आफू पहिलोपटक यसरी आरामले सुतेको उनको भनाइ छ । उनीमाथि लगातार भइरहेको गालीगलौज र दुर्व्यवहारका कारण उनले राजीनामा दिएको हुन सक्ने अनुमान गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार हक्स बे विमानस्थलबाहिर पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै आर्डर्नले आफूभित्र अनेकौं भावहरू चलिरहेको बताइन् । प्रधानमन्त्री पद छोड्दा आफूलाई कुनै पश्चात्ताप नलागेको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

‘म अलिकति उदास त छु तर मलाई आनन्द पनि अनुभव भइरहेको छ,’ उनले थपिन् । 

Vianet communication
Laxmi Bank

बिहीवार उनले आफू र आफ्नो परिवारमाथिको दुर्व्यवहार तथा धम्की नै आफ्नो राजीनामाको प्रमुख कारण नभएको बताइन् । तर पदलाई न्याय गर्न सक्ने शक्ति आफूमा नरहेको उनको भनाइ थियो । 

न्युजील्यान्डका प्रमुख राजनीतिक नेता र सार्वजनिक व्यक्तित्वहरूले आर्डर्नमाथि भएको निरन्तर आलोचना, दुर्व्यवहार र व्यक्तिगत आक्रमणका कारण उनी थाकेको बताएका छन् । केही सांसदहरूले त प्रधानमन्त्रीलाई कार्यालयबाट धपाइएको समेत बताए । उनीहरूले न्युजील्यान्डको राजनीतिक संस्कृतिको पुनर्परीक्षण गर्नुपर्ने पनि आह्वान गरे । 

न्युजील्यान्डका प्रमुख राजनीतिक नेता र सार्वजनिक व्यक्तित्वहरूले आर्डर्नमाथि भएको निरन्तर आलोचना, दुर्व्यवहार र व्यक्तिगत आक्रमणका कारण उनी थाकेको बताएका छन् ।

‘निरन्तर व्यक्तिगत आक्रमण तथा कटु आलोचनामार्फत असाधारण नेत्रीलाई प्रधानमन्त्री कार्यालयबाट हटाइनु राजनीतिका लागि दुःखद दिन हो,’ माओरी पार्टीकी सहअध्यक्ष डेबी न्गारेवा–प्याकरले बिहीवार आर्डर्नको राजीनामापछि बताइन् । 

‘उनको ह्वानाउ (परिवार) ले विगत दुई वर्षमा अत्यन्तै घृणित आक्रमण बेहोर्नुपरेको थियो,’ उनले थपिन्, ‘हामीले अहिलेसम्म देखेकोमध्ये सबभन्दा खराब किसिमको राजनीति त्यही थियो ।’

आर्डर्नले आफ्नो कार्यकालमा अभूतपूर्व आक्रमणहरू बेहोरेको न्युजील्यान्डकी प्रथम महिला प्रधानमन्त्री हेलेन क्लार्कले बताइन् । 

‘प्रधानमन्त्रीहरूमाथि जहिले पनि व्यापक दबाब हुन्छ । तर सामाजिक सञ्जाल, क्लिकबेट र २४ घन्टा चल्ने सञ्चारमाध्यमको यस युगमा जासिन्डाले बेहोरेको घृणा तथा कटुता मेरो अनुभवमा अभूतपूर्व हो,’ उनले बताइन् । ‘हाम्रो समाजले अत्यधिक ध्रुवीकरणलाई सहिरहने हो कि हैन भनी गम्भीर विचारविमर्श गर्नुपर्छ । ध्रुवीकरणले राजनीतिलाई अनाकर्षक बनाएको छ ।’

प्रधानमन्त्रीलाई विगत तीन वर्षमा पहिलेभन्दा तीन गुणा बढी धम्की आउने गरेको सन् २०२२ मा न्युजील्यान्ड प्रहरीले बताएको थियो । प्रत्येक धम्कीको उद्देश्यका विषयमा प्रहरीले केही सुनिश्चित गर्न नसकेको भए पनि खोपविरोधी भावनाका कारण कतिपय धम्कीहरू आउने गरेको प्रहरीको दस्तावेजले देखाएको छ । अनि क्राइस्टचर्चमा मार्च १५ मा भएको सामूहिक हत्यापछि बन्दूक सम्बन्धी कठोर कानून ल्याउने पहल पनि आर्डर्नप्रतिको घृणाको अर्को कारण रह्यो । 

संसद् भवन परिसरमा खोपविरोधी प्रदर्शन हप्तौंसम्म चलेको थियो । सन् २०२२ को आरम्भमा त्यो प्रदर्शन हिंस्रक दंगामा परिणत भयो । विरोधकर्ताहरूले प्रधानमन्त्रीलाई मृत्युदण्ड दिनुपर्ने माग गरे । 

प्रधानमन्त्री तथा सांसदहरूमाथि बढ्दो धम्की र दुर्व्यवहारका साथै निरन्तर विरोधपछि न्युजील्यान्डको खुला तथा सहज पहुँच भएको संसदमा सुरक्षा व्यवस्था बढाइएको थियो । 

विगत एक वर्षमा आर्डर्नलाई ज्यान मार्ने धम्की दिने कैयौं पुरुषलाई पक्राउ गरिएको, औपचारिक चेतावनी दिइएको वा फौजदारी अभियोग लगाइएको छ । देशको विद्युतीय ग्रिड प्रणालीलाई ध्वस्त पार्न खोज्ने एक व्यक्तिलाई दोषी ठहर गरिएको छ । प्रधानमन्त्री सार्वजनिक स्थानमा आउँदा सानो संख्यामा दुर्व्यवहारकारी विरोधकर्ताहरू भेला हुने गरेका थिए । 

एउटा खराब घटनाक्रमका रूपमा कारमा रहेका विरोधकर्ताहरूले प्रधानमन्त्रीको भ्यानलाई लखेट्दै उनीविरुद्ध अश्लील गालीको वर्षा गरेका थिए । उनी नाजी भएको भनेर समेत चिच्याएका थिए । लखेट्ने क्रममा उनीहरूले प्रधानमन्त्रीको गाडीलाई फूटपाथमा उक्लिन समेत बाध्य बनाएका थिए । 

अनि सन् २०२२ को फेब्रुअरी महिनामा आर्डर्न एक प्राथमिक विद्यालयको भ्रमणमा जाँदा उनको गाडीलाई लखेटेर गल्लीतर्फ पुर्‍याइएको थियो । 

अन्लाइनमा हुने अतिवादको निगरानी गर्ने टे पुनाहा माटाटिनी नामक अनुसन्धान केन्द्रमा डिसइन्फर्मेसन प्रोजेक्टकी निर्देशक केन हान्नाले आर्डर्नविरुद्ध दुर्व्यवहारपूर्ण तथा धम्कीयुक्त सामग्रीमा उल्लेख्य वृद्धि भएको आफूहरूले पाएको बताइन् । त्यसले गर्दा नै उनलाई प्रधानमन्त्री पद छोड्न बाध्य बनाएको उनको भनाइ छ । 

‘विगत तीन वर्षमा भएका घटनालाई हामीले हेर्ने हो भने कुनै पनि व्यक्तिका लागि त्यस्तो दुर्व्यवहार पद छोड्ने कारण नबन्ने कुरै छैन,’ उनले भनिन् । 

अन्लाइनमा हुने अतिवादको निगरानी गर्ने टे पुनाहा माटाटिनी नामक अनुसन्धान केन्द्रमा डिसइन्फर्मेसन प्रोजेक्टकी निर्देशक केन हान्नाले आर्डर्नविरुद्ध दुर्व्यवहारपूर्ण तथा धम्कीयुक्त सामग्रीमा उल्लेख्य वृद्धि भएको आफूहरूले पाएको बताइन् । त्यसले गर्दा नै उनलाई प्रधानमन्त्री पद छोड्न बाध्य बनाएको उनको भनाइ छ । 

‘अत्यन्तै अश्लील तथा हिंस्रक गाली, अविश्वसनीय रूपमा ज्यान मार्ने धम्की आर्डर्नले लगातार बेहोरिरहेकी थिइन् ।’

बिहीवार राजीनामाको घोषणाका क्रममा आर्डर्नलाई ज्यान मार्ने धम्कीका कारण यस्तो निर्णय लिनुभएको हो भनी सोधिएको थियो । ‘त्यसको पनि असर पर्छ । हामी पनि मान्छे नै हौं । तर यो निर्णय लिनुमा त्यो आधार हैन,’ उनले बताइन् । 

‘म मान्छे हुँ । राजनीतिकर्मीहरू मान्छे हुन् । हामी आफूले सकुन्जेल योगदान गर्छौं । त्यसपछि जाने समय आउँछ । मेरा लागि जाने समय आएको छ,’ उनले बताइन् । 

सत्तारूढ लेबर पार्टीले आर्डर्नको विकल्प खोजिरहेको छ । पार्टीको ककस आइतवार बस्दैछ । त्यसले नयाँ प्रधानमन्त्री उम्मेदवारलाई मत दिनेछ । उम्मेदवारले ककसको दुईतिहाइ मत पाउनुपर्छ । त्यो मत नपाएमा पार्टीका सदस्यहरूमाझ मतदान गराइनेछ । त्यसमा विजय हासिल गर्ने उम्मेदवारले अक्टोबर १४ मा हुने प्रतिस्पर्धात्मक निर्वाचनमा पार्टीको नेतृत्व गर्नुपर्नेछ । 

आर्डर्न सरकारका उपप्रधानमन्त्री ग्रान्ट रोबर्टसनले उम्मेदवारी नदिने भएपछि ४४ वर्षीय क्रिस हिपकिन्स दौडमा सबभन्दा अगाडि छन् । 

अन्य उम्मेदवार भनिएकामा न्यायमन्त्री किरी अलान, लेबर पार्टीका एक वरिष्ठ माओरी सांसद र आप्रवासन मन्त्री माइकल वूड छन् । तर यी तीनैजनाले मतदानमा सहभागी हुने पुष्टि गरेका छैनन् । 

अलान पूर्व वाणिज्यिक अधिवक्ता हुन् र उनी सन् २०१७ मा पहिलोपटक सांसद बनेका थिए । उनी न्युजील्यान्डका प्रथम माओरी प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताइन्छ । 

द गार्डियन पत्रिकामा प्रकाशित टेस मकक्लुरको सामग्री लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x