०३ असार २०८३, बुधबार

३४ जना एमडीआरटी सम्मानित

३४ जना एमडीआरटी सम्मानित

आइएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरुमध्ये सन् २०२३ को लागि एक सीओटीसहित ३४ जना मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) सम्मानित भएका छन् । कम्पनिले एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मानित गरेको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालका अनुसार कम्पनिको समय सापेक्ष बजार नीतिको कारणले सम्पूर्ण अभिकर्ताहरु उत्प्रेरित भएका छन् । अहिलेको आर्थिक रुपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताले एमडीआरटी उपलब्धि हासिल गरेको कुरा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले बताए । 

सन् १९२७ मा रजिष्टर भएको एमडीआरटी एक बिदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरु सहभागी हुन पाउँछन् । 

यस संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्थामार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरुले सहभागी हुन पाउने ब्यबस्था रहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्