
उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत म्याग्दीको बेनी–गलेश्वर सडक कालोपत्रे योजनाको शिलान्यास गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीलगायत । म्याग्दीको सदरमुकाम बेनीदेखि पवित्र धार्मिकस्थल गलेश्वरसम्मको २ किलोमिटर १०२ मिटर सडक कालोपत्रेसहित स्तरोन्नतिका लागि ठेक्का लिएको जय धन्नजय÷मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि कार्यक्षेत्रमा परिचालन भएपछि सडक शिलान्यास गरिएको हो । तस्बिर: कमल खत्री-रासस