×

NMB BANK
NIC ASIA

माटोका भाँडा बनाउने काममा रमाइरहन्छन् गाजुराम

माघ ७, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

दाङको गढवा गाउँपालिका–३ पत्रेङगाका ७० वर्षीय गाजुरराम चौधरी मोटोका भाँडा बनाउने पेशामा अझै सक्रिय छन् । माघ महिनाको कठ्यांग्रिने जाडोको कुनै प्रवाह नगरी अहिले पनि उनको दिनचर्या माटो मुछ्नेदेखि भाँडा बनाउनेमा बित्छ ।

Muktinath Bank

उनी विगत ५ दशकदेखि पेशामा संलग्न छन् । गजुराम मात्र होइन, उनका ७ भाइ छोरा यही माटोको भाँडा बनाउने पेशा अपनाएर जीवनयापन गर्दै आइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विदेश गएरभन्दा आफ्नै जन्मभूमिको माटोमा काम गर्दा राम्रो हुन्छ भनेर आफूले छोराहरूलाई यही पेशालाई निरन्तरता दिन सुझाव दिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

यही पेशाबाट परिवार पाल्न सकिने र आम्दानी हुने देखेर छोड्न पनि नसकेको उनले थपे । उनले भने, ‘जग्गा जमिन केही छैन, मेरो पनि छैन, बाबुबाजेको पनि थिएन, छोराको पनि छैन तर यही माटोको भाँडा बेचेर धेरै पुस्ता बाँचिसक्यौं ।’

Vianet communication

गाजुरामसहित छोरा, बुहारी घैंटा, भुर्की, ठेकी, गमला, खुर्तुके, पाला लगायतका भाँडा बनाउन व्यस्त देखिन्छन् । महिनामा १० हजारदेखि १५ हजार रुपैयाँसम्म भाँडा बेचेर आम्दानी गरिरहेको गाजुरामले सुनाए ।

छोराहरूले भने माटाको भाँडा बनाएर अझै बढी आम्दानी गर्ने गरेको उनको भनाइ छ । कुमाले गाउँ भनेर चिनिने पत्रेङ्गाका अगुवा समेत रहेका गाजुरामको परिवारले गाउँभरि सबैभन्दा धेरै भाँडा बनाउने गर्छन् । 
 
गाउँमा अहिले करीब ३५ घर परिवार कुमाल छन् । सबैको पेशा माटोका भाँडा बनाएर बेच्नु हो । आधुनिकीकरणसँगै बजारमा प्लाष्टिक तथा अन्य भाँडाको प्रचलन बढेपछि माटोका भाँडा बिक्न केही कमी भएको उनको भनाइ छ ।
     
विद्यालय पढेका युवायुवतीले भने माटोको भाँडा बनाउन लजाउने गरेको भन्दै गाजुरामले थपे, ‘पढायो पढायो, काम गरभन्दा मान्दैनन्, पढे लेखेकाले माटो मुछ्न लजाउँछन्, त्यसैले गाउँमा भाँडा बनाउने घटेका छन् ।’

गाजुरामका कुनै पनि छोराले पढेका छैनन् । उनी भन्छन्, ‘शायद पढेको भए, मैले नि माटोका भाँडा बनाउने थिइनँ कि ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x