२५ असार २०८३, बिहीबार

ललितपुर बारको अध्यक्षमा श्रेष्ठ विजयी

ललितपुर बारको अध्यक्षमा श्रेष्ठ विजयी

ललितपुर बार एशोसिएशनको अध्यक्षमा गणतान्त्रिक, प्रगतिशील, पेशागत कानून समूहबाट उम्मेदवार राम श्रेष्ठ विजयी भएका छन्।

 विजयी श्रेष्ठले चार सय १९ मत प्राप्त गरे भने प्रतिस्पर्धी बृहत् प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट अध्यक्षका उम्मेदवार शशीकुमार कार्कीले एक सय ७० मत प्राप्त गरेको निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनले जानकारी दिए । 

 उपाध्यक्षमा गणतान्त्रिक समूहबाटै बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जन विजयी भए । 

 महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की खुल्ला निर्वाचित भए भने सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगी विजयी भए ।
 

salt training

कमेन्ट गर्नुहोस्