२७ जेठ २०८३, बुधबार

आगलागीमा एकको मृत्यु, लाखौंको क्षति

आगलागीमा एकको मृत्यु, लाखौंको क्षति

आगलागीका विभिन्न घटनामा एक जनाको मृत्यु भएको छ भने लाखौं रुपैंया बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

ललितपुर महानगरपालिका –२५ भैसेपाटी फुलबारी मार्गस्थित टहरामा शनिबार आगलागी हुँदा सोही टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको आगलागीमा परी घट्नास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार आगलागीबाट टहरा पूर्ण रुपमा जलेर क्षति भएको छ ।

त्यस्तै, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ गौरीगाउँ बस्ने निर्जन कार्कीको गोठमा  आगलागी हुँदा गोठ र गोठसँगै रहेको घर पूर्ण रुपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सोहीअनुसार धनकुटाको शहिदभूमि गाउँपालिका–२ ढोलमुखा बस्ने ५० वर्षीय राजेन्द्र राईको घरमा ग्यास सिलिण्डर पड्किएर शनिबार बिहान आगलागी हुँदा घर तथा घरभित्र रहेको सर–सामान जलेर नष्ट भएको छ । आगलागीले करिब २१ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ । आगो फैलिएर छिमेकी डगेन्द्र राईको घरमासमेत आगलागी हुँदा करिब ५० हजार रूपैयाँ बराबरको क्षति पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्