२२ जेठ २०८३, शुक्रबार

‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ यात्रा सम्पन्न

कात्तिक २०, २०७४
‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ यात्रा सम्पन्न
काठमाडौं, ४ भदौं– ललितपुरको ऐतिहासिक बस्ती खोकना र बुंगमतिको पर्यटन प्रवद्र्धनको उदेश्यले आयोजना गरिएको ‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ यात्रा सम्पन्न भएको छ ।

सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिको संयुक्त पहलमा शनिवार उक्त साइक्लिङ कार्यक्रमको आयोजना गरिएको थियो ।

सहभागीहरुले काष्ठमण्डपबाट  सुरु भएर बल्खु, चोभार, बुङमती हुँदै खोकनासम्म करिब २० किलोमिटर साइक्लिङ यात्रा पूरा गरेका थिए । यात्रामा सय जना भन्दा बढी साइक्लिष्ट सहभागि रहेको आयोजक समूह कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले जानकारी दिए ।

१२ वैशाख २०७२ को भुइँचालोले क्षति पुगेका सम्पदाहरु काष्ठण्डप, बुङमती र खोकनाको पुनःनिर्माणमा हातेमालो गर्ने सन्देश सहित ०७२ साउनमा पहिलोपटक साइक्लिङ गरिएको थियो । यसपटकको साइक्लिङ यात्रा तेस्रा पटक हो ।  हरेक वर्ष भदौको पहिलो शनिबार ‘राइड काष्ठमण्डप टु खोकना’ साइक्लिङ यात्राको आयोजना गर्दै आएको छन् ।  


साइक्लिङले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको छ । खोकना पुनःनिर्माण तथा पुर्नस्थापना समितका अध्यक्ष श्याम महर्जन भन्छन्, ‘हामी खोकनामा नेवार संस्कृति र खानाले पर्यटकको स्वागत गर्छौं ।’   
साइक्लिङका सहभागिबाट ५ सय रुपैयाँ उठाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्