माघ १८, २०७९
आफ्नै ७१ वर्षीया आमा लगनी थरुनीको हत्या गरेको अभियोगमा लम्कीचुहा नगरपालिका –६ बगमारा बस्ने ४० वर्षीय श्रीराम थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । श्रीरामले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भए...
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ १४ वर्ष पूरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ । इसेवा वार्षिकोत्सवको अवसरमा मंगलवार पत्रकार सम्मेलन गर्दै विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।
सम्मेलनमा इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिवद्धता समेत जनाएको छ । इसेवाले १४ औँ वार्षिकोत्सवको अवसरमा आज बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको हो ।
अफरहरुमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा १४० क्यास पाइने तथा बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफरमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हीरा उपहार दिने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा इसेवाका प्रमुख म्यानेजर आशिष गौतमले १४ औं वार्षिक उत्सवको अवशरमा इसेवाले बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू रहेको बताए ।
बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउण्ट इसेवामा लिंक गरेमा १४० रुपैयाँ क्यानसब र बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुने जानकारी दिए । एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली बिजेताले हीरा उपहार पाउने जानकारी गराए । ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुने र सो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिने उनले बताए ।
आज २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुने यस अवधिमा मोबाईल टपअप, एयरलाइन्स् टिकट, इन्टरनेट टीभीको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने बताए । उनले ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुने यो अवधिमा ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने बताए ।
त्यस्तै, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले इसेवा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्नेमा आफूहरु केन्द्रित हुनेगरेको जानकारी दिए । आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइने उनको भनाइ छ ।
इसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान गर्न सफल भएको जनाएको छ । १४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको उनको भनाइ छ । अप्रत्यक्ष रूपमा करिव एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको संस्थाको दावी छ ।
आफ्नै ७१ वर्षीया आमा लगनी थरुनीको हत्या गरेको अभियोगमा लम्कीचुहा नगरपालिका –६ बगमारा बस्ने ४० वर्षीय श्रीराम थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । श्रीरामले बन्चरो प्रहार गर्दा गम्भीर घाइते भए...
बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका –३२ कोटेश्व...
देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज देशभरका पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईमा विहानीपख हुस्सु र कुहिरो लाग्ने हुनाले विहानको समयमा जनजीवन प्रभावि...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहसँग जोडेर कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अवधारणा अघि सारेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी र मालपोतको सेवा प्रवा...
भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा रामको मूर्ति बनाउनका लागि नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति गोरखपुर पुगेको छ । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहि...
दार्चुला नौँगाड गाउँपालिका –२ घर भई कैलाली धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगका संचालक ३४ वर्षीय नरेन्द्रसिंह धामीसहित ४ जनालाई अवैध लागूऔषध चरेश ११ केजी ९ सय ग्रामसह...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...