
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ १४ वर्ष पूरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ । इसेवा वार्षिकोत्सवको अवसरमा मंगलवार पत्रकार सम्मेलन गर्दै विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।
सम्मेलनमा इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिवद्धता समेत जनाएको छ । इसेवाले १४ औँ वार्षिकोत्सवको अवसरमा आज बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्वजनिक गरेको हो ।
अफरहरुमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा १४० क्यास पाइने तथा बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफरमा एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली विजेताले हीरा उपहार दिने जानकारी दिएको छ । पत्रकार सम्मेलनमा इसेवाका प्रमुख म्यानेजर आशिष गौतमले १४ औं वार्षिक उत्सवको अवशरमा इसेवाले बुधवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू रहेको बताए ।
बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउण्ट इसेवामा लिंक गरेमा १४० रुपैयाँ क्यानसब र बिहान १० देखि ११ बजेसम्मलाई डाइमण्ड अफर सञ्चालन हुने जानकारी दिए । एक रिवार्ड पोइन्टसहित ७ जना भाग्यशाली बिजेताले हीरा उपहार पाउने जानकारी गराए । ११ देखि १२ बजेसम्म मुभि आवर सञ्चालन हुने र सो अवधिमा मुभि टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिने उनले बताए ।
आज २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुने यस अवधिमा मोबाईल टपअप, एयरलाइन्स् टिकट, इन्टरनेट टीभीको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने बताए । उनले ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुने यो अवधिमा ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिने बताए ।
त्यस्तै, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले इसेवा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्नेमा आफूहरु केन्द्रित हुनेगरेको जानकारी दिए । आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइने उनको भनाइ छ ।
इसेवाले आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान गर्न सफल भएको जनाएको छ । १४ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको उनको भनाइ छ । अप्रत्यक्ष रूपमा करिव एक करोड ७० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको संस्थाको दावी छ ।