
काठमाडौं, ४ भदौ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
नेकपा माओवादी केन्द्रले ८ जना राज्यमन्त्री छानेसँगै देउवाको मन्त्रिमणडलको आकार विस्तार हुन लागेको हो ।
माओवादीले छानेका ८ राज्यमन्त्रीले आजै शपथ लिनेछन् ।
नेपाली कांग्रेस फोरम लोकतान्त्रिकका तर्फबाट पनि राज्यमन्त्रीलाई थप हुनेछन् । माओवादी, कांग्रेस र फोरमबाट समेत गरि २१ जनाको नाम थप हुने भएपनि कांग्रेस र फोरमबाट सरकारमा सहभागी हुनेको टुंगो नलागेका कारण उनीहरुको शपथ केही ढिला गरि हुने छ ।