२१ जेठ २०८३, बिहीबार

‘आत्महत्या गर्ने प्रबृत्ति बढ्दैगएमा देश संकटमा फस्नेछ’

‘आत्महत्या गर्ने प्रबृत्ति बढ्दैगएमा देश संकटमा फस्नेछ’

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले युवा प्रेमप्रसाद आचार्यको आत्महत्या प्रकरण मार्मिक भएकोभन्दै त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा केहीबेरअघि ट्वीट गर्दै उनले त्यस्तो बताएका हुन् ।

युवाहरु विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रबृत्ति बढ्दैगएमा देश ठूलो संकटमा फस्ने उनले बताएका छन् । यसको आत्मसमीक्षा गर्दै सुधारको प्रयास गर्नुपर्ने उनले सुझाएका छन् । उनले लेखेका छन्, “युवाहरु विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रबृत्ति बढ्दैगएमा देश ठूलो संकटमा फस्नेछ । आरोप प्रत्यारोप हैन, आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गरौं ।" 

salt training

कमेन्ट गर्नुहोस्