२१ जेठ २०८३, बिहीबार

आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ : डा. शेखर कोइराला

आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता कोइरालाले आत्मदाह गर्ने परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अंकगणितमै अल्झिरहने भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ । हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अंकगणितमै अल्झिरहने ?’

salt training

कमेन्ट गर्नुहोस्