
विद्युत् सेवासुविधालाई विकासको मापदण्डका रूपमा लिइन्छ तर पर्याप्त विद्युत् आपूर्ति नहुँदा ब्रिटेन सरकारले सर्वसाधारणका लागि अनौठो अफर ल्याएको छ ।
डेली स्टारको रिपोर्टअनुसार ब्रिटेनमा १ घण्टा विद्युत् बन्द गरेर बस्ने घरलाई सरकारले नगद १ हजारभन्दा बढी नगद पुरस्कार दिने घोषणा गरेको छ ।
ब्रिटेनको राष्ट्रिय प्रसारणले विद्युत् खपतलाई किफायती बनाउन यस्तो अनौठो अफर ल्याएको छ । यस्तो सुविधा लिन सरकारी प्रणालीमा जोडिनुपर्ने मापदण्ड बनाइएको छ ।