×

NMB BANK
NIC ASIA

जितु नेपालको मनमा खेलिरहेका तीन कुरा

‘ह्यारीकी प्यारी’मा लिड रोलमा प्रस्तुत जितुलाई राष्ट्रपतिले भनिन्, – चलचित्रबारे चर्चा सुनेकी थिएँ !

माघ ११, २०७९

NTC
Sarbottam
तस्वीर : विश्वास खनाल/लोकान्तर
Premier Steels
Marvel

हास्य अभिनेता जितु नेपाल मुख्य भूमिकामा प्रस्तुत भएको चलचित्र ‘ह्यारीकी प्यारी’ यहि माघको २० गतेदेखि प्रदर्शनमा आउँदैछ । 

Muktinath Bank

यसअघि उनले थुप्रै चलचित्रमा अभिनय गरे पनि केन्द्रीय भूमिका निर्वाह गरेको यो नै पहिलो चलचित्र हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. भोला रिजालको निर्माण रहेको चलचित्रमा जितुको को–एक्टरका रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । डा. कपिल रिजालले यस चलचित्रलाई निर्देशन गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा अभिनेता जितु नेपालको मनमा यतिबेला केही कुराहरू खेलिरहेका छन् । 

Vianet communication
Laxmi Bank

लिड भूमिकामा प्रस्तुत भएको पहिलो चलचित्र भएका कारण यसले आफूलाई स्थापित गर्छ/गर्दैन् ? भन्ने उनको मनमा खेलिरहेको पहिलो कुरा हो । 

त्यस्तै, चलचित्रमा उनले हास्य कलाकारबाट अलिकति पछि हटेर इमोशनल/भावनात्मक भूमिका निर्वाह गरेका छन् । त्यसलाई दर्शकहरुले कसरी लिन्छन् भन्ने कुरा पनि आफ्नो मनमा खेलिरहेको जितु सुनाउँछन् ।

चलचित्रको व्यापारलाई लिएर पनि उनको मनमा कुरा खेलिरहेको छ । 

लोकान्तरसँग कुरा गर्दै जितुले भने, – ‘अर्को मनमा खेलिरहेको कुरा व्यापारको पाटो हो । यसले व्यापार पनि त गर्नुपर्यो। चलचित्र पनि चल्नुपर्यो । निर्माता सुरक्षित हुनुपर्यो ।’ 

मनमा खेलिरहेका कुरामध्ये सबैभन्दा राम्रो चलचित्रको व्यापारमा होस् भन्नेमा आफू रहेको उनले बताए । 

रोमान्टिक कमेडी जनरामा निर्माण भएको ‘ह्यारीकी प्यारी’मा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई लगायतको अभिनय छ । 

राष्ट्रपतिले जितुसँग भनिन्, – चलचित्रबारे चर्चा सुनेकी थिएँ ! 

‘ह्यारीकी प्यारी’ चलचित्रले दर्शकमाझ राम्रो हाइप बनाइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चलचित्रबारे चर्चा सुनेको कुरा आफूलाई बताएको जितुले बताए । गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी र चलचित्रकर्मीबीच अन्तक्रिया कार्यक्रम थियो । उक्त कार्यक्रममा भएको भेटमा राष्ट्रपतिले जितुसँग हालखबर सोधेकी थिइन् । 

‘मैले ह्यारीकी प्यारी चलचित्र गरेको छु भनेको थिए’ जितुले लोकान्तरसँग भने, ‘चर्चा सुनेकी थिएँ । समाचारहरू पढेकी थिएँ भन्दै हुनुहुन्थ्यो । खुशी लाग्यो ।’ 

दर्शक एवं कलाकारहरूबाट समेत सकारात्मक प्रतिक्रिया आएको हुनाले आफू एकदमै उत्साहित रहेको समेत जितुले सुनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x