१० साउन २०८३, आइतबार

भारतमाथि आणविक आक्रमणको तयारी गर्दैथियो पाकिस्तान, अमेरिकाका पूर्वपरराष्ट्रमन्त्रीको दाबी

माघ ११, २०७९
भारतमाथि आणविक आक्रमणको तयारी गर्दैथियो पाकिस्तान, अमेरिकाका पूर्वपरराष्ट्रमन्त्रीको दाबी

अमेरिकाका पूर्व परराष्ट्रमन्त्री माइक पम्पेओले पाकिस्तानका विषयमा एउटा दाबी गरेका छन् । 

सन् २०१९ को फेब्रुअरी महिनामा भारतले पाकिस्तानको बालाकोटमा सर्जिकल स्ट्राइक गरेपछि पाकिस्तानले भारतमाथि आणविक आक्रमण गर्न खोजेको दाबी पम्पेओले आफ्नो नयाँ पुस्तक ‘नेभर गिभ यान इन्च ः फाइटिङ फर दी अमेरिका आई लभ’ मा गरेका छन् । 

पाकिस्तानले गर्न लागेको आक्रमणका बारेमा आफूले भारतीय समकक्षी सुष्मा स्वराजलाई जानकारी दिएको पनि उनले लेखेका छन् । घटना हुँदा आफू भियतनामको राजधानी हनोईमा अमेरिका–उत्तर कोरिया शिखर सम्मेलनमा सहभागी रहेको उनले लेखे । त्यहीँबाट आफ्नो टोलीले दिल्ली र इस्लामाबादसँग कुरा गरेको जानकारी उनले दिएका छन् । 

भारत र पाकिस्तानको तनाव आणविक आक्रमणको संघारमा पुगेको कुरा संसारलाई थाहै नभएको पम्पेओको दाबी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्