
संघीय संसद् भवन नयाँबानेश्वर अगाडि आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको आफन्तलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भेटेका छन्।
गृहमन्त्री लामिछाने आज (बुधबार) दिउँसो कीर्तिपुरस्तथित आचार्यलाई उपचार गरिएको अस्पताल पुगेका हुन्। आज बिहान आचार्यको यसै अस्पतालमा निधन भएको थियो। गृहमन्त्री लामिछानेले आचार्यका आफन्तसँग भेटेर कुराकानी गरेका छन्।

