२१ जेठ २०८३, बिहीबार

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता

लुम्बिनी प्रदेशमा रिक्त संसदको माथिल्ला सदन राष्ट्रियसभा सदस्यका लागि माघ २५ गते हुने उपनिर्वाचनको लागि बुधवार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । दुवै रोल्पाका हुन् ।

एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधि सभामा उम्मेदवार बन्न राजीनामा दिएपछि पद रिक्त थियो ।

निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष,, उपाध्यक्ष गरी ३०५ मतदाता छन् । प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ २१८ मतदाता छन् । 

माघ १२ गते उम्मेदवारबारे उजुरी दिने, माघ १३ र १४ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ ।

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २–२ तथा राप्रपा र जनता प्रगतिशीलले १–१ स्थानमा जितेका छन् । ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादी केन्द्रले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४–४, जसपा, लोसपा र जनमतले ३–३ तथा जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १–१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्