![कपडा फेसनको दुनियाँमा 'पोज' नेपाली नयाँ ब्रान्ड [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Pose_Fashion8_pSXvvhImzi.png)
काठमाडौंको पुरानो बानेश्वरस्थित पोज फेसन स्टोर एउटा नेपाली ब्रान्ड हो।
लगभग ३ वर्ष पुरानो यस ब्रान्डले आफ्नो स्टोरको शाखा मैतीदेवी र पेप्सीकोलामा समेत विस्तार गरिसकेको छ।
कपडा प्रोडक्सनको काम पुरानो बानेश्वरमै हुने गरेको छ, जहाँ कम्पनीको गार्मेन्ट रहेको छ।
स्टोरकी डिजाइनर सुमित्रा राईले बच्चादेखि वृद्धासम्मलाई हुने कपडा आफूहरूसँग रहेको बताइन् । 'हाम्रो यस पोज स्टोरमा मेल, फिमेल, बच्चा, वृद्धा, जाडो, गर्मी सबैलाई हुने खालको लुगाकपडा पाइन्छ। यो हाम्रो आफ्नै उत्पादन हो,' उनले भनिन् ।
कपडा उत्पादन गर्न चाहिने कच्चा पदार्थ चीन र भारतबाट आउने गरेको डिजाइनर सुमित्रा राईले लोकन्तरसँग बताइन् । 'रमेटेरियल चीन र भारतबाट आउँछ । यहीँ माथिल्लो तल्लामा हाम्रो गार्मेन्ट छ, जहाँ प्रोडक्सनको सबै काम हुन्छ । अनि कपडा तयार पारेर ग्राउन्ड फ्लोरमा बिक्रीका लागि राख्छौं । हाम्रो अरू स्टोर मैतीदेवी र पेप्सीकोलामा पनि छ,' उनले भनिन् ।
डिजाइनर सुमित्रा राईले थपिन्, 'कपडाको गुणस्तर राम्रो र प्राइस पनि रिजनेबल भएको हुनाले हाम्रो स्टोरमा एकपटक आउनुभएको ग्राहक पटक–पटक नियमित रूपले लुगा किन्न आउनुहुन्छ । ग्राहकहरूले नेपाली ब्रान्ड भनेर धेरै माया दिनुहुन्छ, निकै खुशी लागेको छ। स्पेसल्ली मेरो डिजाइनलाई पनि धेरै मन पराइदिनुभएको छ।'
यस ब्रान्डको ज्याकेट, हुडी, ट्रयाक सुट, सरवाल, कुर्ता, कोट प्यान्ट, दौरा सुरुवाल सेटजस्ता कपडा पोज फेसन स्टोरमा उपलब्ध छन् ।









