०७ साउन २०८३, बिहीबार

खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न निगमको निर्देशन

खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न निगमको निर्देशन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खुला रूपमा बोतल, जर्किनलगायतका भाँडामा बिक्री वितरण नगर्न बिक्रेताहरूलाई निर्देशन जारी गरेको छ। 

असुरक्षित ओसारपसार तथा घर पसलमा भण्डारण गर्दा आगलागी र मानवीय एवं भौतिक क्षतिसमेत हुने भएकाले पेट्रोल पम्पबाट सवारी साधनमा सीधै भर्नेबाहेक अन्य तरिकाले बिक्री नगर्न निगमले भनेको छ। 

यसै विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंले माघ १० र ११ गते सूचनासमेत प्रकाशित गरेकाले सोहीअनुसार गराउनु निगमले आग्रह गरेको छ। 

निगमका बिक्रेताहरूले सुरक्षा संवेदनशीलतालाई अवज्ञा गरी खुला रुपमा बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने पनि चेतावनी दिएको छ। 

हिजो संघीय संसद् भवन नयाँबानेश्वरअगाडि प्रेमप्रसाद आचार्यले पेट्रोलियम पदार्थ खन्याएर आत्मदाह गरेपछि निगको कडा निर्देशन जारी भएको हो। 

salt training

कमेन्ट गर्नुहोस्