
काठमाडौं, ४ भदौ — आजकल इन्टरनेटमा अटोनोमस सेन्सरी मेरिडियन रेस्पोन्स (एएसएमआर) नामक आराम दिने प्रविधिका बारेमा चर्चा हुने गरेको छ ।

तपाईंलाई कपालमा बुरुश चलाएको आवाज मन पर्छ ? कसैले टाइप गर्दा की थिचेको आवाज गजब लाग्छ ? कानमा हावा फुकेको मन पर्छ ? त्यसोभए एएसएमआर तपाईंकै लागि हो ।
यस्ता रिल्याक्स गराउने भिडियोहरू अचेल इन्टरनेटमा खुबै हाल्ने गरिएको छ । आराम पाउन वा मज्जाले सुत्नका लागि मानिसहरू यस्ता भिडियो हेर्न थालेका छन् । शुरुमा त तपाईंलाई विश्वास नलाग्न सक्छ तर हेर्दै जाँदा तपाईंलाई यो मन पर्न सक्छ ।
यो प्रविधिमार्फत तपाईंले इन्द्रियको चरमसुख प्राप्त गर्न सक्नुहुन्छ । मात्र आवाजहरूको माध्यमले तपाईंले शारीरिक स्वास्थ्य प्राप्त गर्न सक्नुहुन्छ ।
यी भिडियोहरूमा मानिसहरू कि त केही बोल्दैनन् कि त साउतीमा कुरा गर्छन् । राम्रो अनुभवका लागि हेडफोन लगाउनुभए हुन्छ किनकि त्यसो गर्दा तपाईंलाई कसैले कानैमा साउती गरेको अनुभव हुन्छ । अनि त्यसो हुँदा तपाईंको अनुभव झनै उत्साहवर्द्धक हुन्छ ।
दश लाखभन्दा बढी मानिसले यो भिडियो हेरिसकेका छन् ।
भिडियोमा फाउन्टेन पेन, किताब, प्लास्टिक ब्याग वा मेकअपका सामानहरूको प्रयोग हुन्छ । जुन वस्तु भएपनि हुन्छ तर कसैले छुँदा त्यसबाट आवाज आउनुपर्छ ।
डिप्रेसन छ भने पनि औषधि खान थाल्नुभन्दा यस्ता भिडियो हेर्नु फाइदाजनक हुन सक्छ । एएसएमआरले डिप्रेसन निको पार्छ भनेर दाबी गर्न त सकिँदैन तर निद्रा लाग्ने औषधि चाहिँ खाइरहनुपर्दैन ।
हेरौं भिडियो :
एजेन्सी