२१ जेठ २०८३, बिहीबार

कर्णाली प्रदेशका सभामुखद्वारा पार्टी सदस्यता परित्याग

कर्णाली प्रदेशका सभामुखद्वारा पार्टी सदस्यता परित्याग

कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छन्। सत्ता गठबन्धन दल नेकपा (एमाले)बाट गुरुङ यही माघ १ मा सभामुखमा निर्वाचित भएकी थिइन् ।

उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेको प्रदेश कमिटी सदस्यबाट परित्याग गरिएको जानकारी दिइन् । विज्ञप्तिमा सभामुख गुरुङले भनेकी छन्, “सभामुख पदका हिसाबले साझा भूमिका रहनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै म आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आबद्धताबाट अलग भएको घोषणा गर्दछु ।”

सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरिन् । 

salt training

कमेन्ट गर्नुहोस्