२१ जेठ २०८३, बिहीबार

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

सरकारको नेतृत्व गरेको दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सो दलले जनाएको छ । 

पार्टी महासचिव दवप्रसाद गुरुङका अनुसार आजको बैठकमा केही समयपछि हुन गइरहेको  राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा समेत छलफल हुनेछ । माओवादी केन्द्रले पार्टी संगठन  विस्तार र सरकारको नेतृत्वकर्ता दलको हैसियतले सरकारलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने जनाएको छ । बैठक आज विहान ११ बजे पेरिसडाँडामा बस्ने उनले बताए ।

माओवादी केन्द्रले अहिलेसम्म गरेको पार्टी एकताको विषय र भएका प्रगतिबारेमा समेत छलफल हुने महासचिवले जनाए । सो दलले कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । समितिले विचार र सिद्धान्त मिल्ने दलसँग नियमित आन्तरिक छलफल गरिरहेको छ । सो बारेमा संयोजक महराले बैठकमा प्रगतिबारे जानकारी गराउने छन् ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे माओवादीसँग सहमति भइसकेको सो दलले जनाएको छ । सोहीअनुसार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि सो दलले एकताको प्रयास थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्