
प्रहरीले देशको विभिन्न स्थानबाट मृत व्यक्ति फेला पारेको छ । प्रहरीले दिएको जानकारी अनुसार चितवनको भरतपुर महानगरपालिका–२९ स्थित त्रिशुली नदीको किनारमा पहिचान नखुलेका अन्दाजी २९ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै, पाँचथरको फालेलुङ गाउँपालिका–३ भञ्ज्याङ डेरा गरी बस्ने सोही गाउँपालिका–७ पापुन्दिन घर भएकी ६१ वर्षीया बिबरानी आङबो भञ्ज्याङस्थित पानीको कुलोमा बुधबार मृत अवस्थामा फेला परेकि छन् ।
सोहीअनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका–९ ठाडाखोला बस्ने ५५ वर्षीय वीरबहादुर खत्री आफ्नो घर नजिकै सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैबीच दाङको घोराही उपमहानगरपालिका –१८ गोदावरी टोल बस्ने टेकबीर घर्तीको घरमा सोही उपमहानगरपालिका–१४ आनन्द टोल बस्ने २६ वर्षीय बिक्रम पुन बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार राति खाना खाई सुतेका उनी बिहान मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले मृतकसँगै सुतेका १ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ ।