२१ जेठ २०८३, बिहीबार

फेसबूकले किन हटायो डोनल्ड ट्रम्पमाथिको प्रतिबन्ध ?

माघ १२, २०७९
फेसबूकले किन हटायो डोनल्ड ट्रम्पमाथिको प्रतिबन्ध ?

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई फेसबूक र इन्स्टाग्राममा फर्किन दिइएको छ । 

दुई वर्षअघि फेसबूक सञ्चालन गर्ने कम्पनी मेटाले ट्रम्पको खाता रोकिदिएको थियो । ट्रम्पसमर्थकहरूले संसद् भवन क्यापिटोलमा उपद्रो मच्चाएपछि मेटा र ट्विटर दुवैले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए । त्यतिबेला ट्रम्पले ती समर्थकहरूको प्रशंसा गरेका थिए । 

मेटाको विश्वव्यापी मामिलाका अध्यक्ष निक क्लेगले जनतालाई आफ्ना राजनीतिकर्मीले भनेको कुरा सुन्ने अधिकार रहेको बताए । 

अहिले ट्रम्पको फेसबूक खाताले सार्वजनिक सुरक्षामा गम्भीर चुनौती नतेर्स्याएको क्लेगको भनाइ छ । 

रिपब्लिकन पार्टीका नेताहरूले ट्रम्पलाई फेसबूकमा फर्काउनका लागि दबाब दिँदै आएका थिए । सन् २०२४ मा ट्रम्पले राष्ट्रपति निर्वाचन लड्नका लागि अभियान थाल्ने सुर कसेकाले प्रतिबन्ध फुकुवाको माग गरिएको थियो । 

आफूमाथिको प्रतिबन्ध फुकुवा गरेपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल कम्पनी ट्रुथ सोसलमा एउटा पोस्ट गर्दै प्रतिबन्धका कारण फेसबूकले अर्बौं डलर गुमाएको दाबी गरे । 

ट्रुथ सोसल हुँदाहुँदै ट्रम्प फेसबूक र ट्विटरमा फर्किन्छन् कि फर्किंदैनन् भनी मानिसहरूले चासो व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्