गायक श्रीधर अधिकारी र गायिका शान्तिश्री परियारको स्वरमा ‘कपालै कोरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सरस्वती पूजाको अवसर पारेर बिहीवार बिहान सार्वजनिक गरिएको गीतमा शब्द एवं संगीत गायक अधिकारीकै छ भने एरेन्ज सुनिल परियारले गरेका छन् ।
मायाप्रेममा आधारित यो गीतको भिडियोमा मेक्सम गौडेल र मिस पबि प्रस्तुत छन् ।
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका हास्य कलाकार विष्णुप्रसाद गौडेल अर्थात ‘मेक्सम’ को यो पहिलो म्युजिक भिडियो हो ।
चर्चित टिकटकर मिस पबि भने पछिल्लो समय एकपछि अर्को म्युजिक भिडियोमा देखिँदै आएकी छिन् ।
रोहबिन पोखरेल, अकेशा पोखरेल, आलिशा बास्तोला समेत ‘कपालै कोरी’को भिडियोमा प्रस्तुत छन् ।
जेरी भण्डारीले कथा एवं निर्देशनमा ग्रामीण परिवेशमा भिडियो तयार पारिएको छ ।
विकेक विकको छायाँकन, मिलन विश्वकर्मा र पदम सुवेदीको सम्पादन रहेको भिडियो ‘अकेशा पोखरेल’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।