२१ जेठ २०८३, बिहीबार

भारतमा मुद्दा हारेपछि गूगलले गुमायो एन्ड्रोइड फोनमा एकाधिकार

माघ १२, २०७९
भारतमा मुद्दा हारेपछि गूगलले गुमायो एन्ड्रोइड फोनमा एकाधिकार

गूगलले भारतमा आफ्नो एन्ड्रोइड सिस्टममा अनेकौं परिवर्तनको घोषणा गरेको छ । 

स्वच्छ प्रतिस्पर्धासम्बन्धी एन्टी ट्रस्ट मुद्दा हारेपछि गूगलले यो कदम उठाएको हो । 

अब प्रयोगकर्ताहरूले एन्ड्रोइडमा जुनसुकै सर्च इन्जिन छान्न पाउँछन् । यसअघि एन्ड्रोइड फोनमा गूगल क्रोमको विकल्प थिएन । 

स्वच्छ प्रतिस्पर्धा सम्बन्धी निगरानी गर्ने कम्पिटिसन कमिसन अफ इन्डिया (सीसीआई) ले गूगललाई अस्वच्छ कारोबार गरेको आरोपमा १६ करोड डलरभन्दा बढीको जरिवाना लगाएपछि गूगलले मुद्दा दायर गरेको थियो । 

भारतमा लगभग ९७ प्रतिशत स्मार्टफोनहरू एन्ड्रोइडमा चल्छन् ।

गूगलले स्मार्टफोन निर्माताहरूसँग एकपक्षीय सम्झौता गरी आफ्ना यापको प्रभुत्व सुनिश्चित गरेको आरोप सीसीआईले लगाएको थियो । 

यसले प्रतिस्पर्धालाई रोकेको अनि गूगललाई ग्राहकको डेटामा निरन्तर पहुँच दिलाइरहेको तथा मालदार विज्ञापनका अवसर दिएको पनि सीसीआईको आरोप थियो । 

यस्तो किसिमको बृहत् परिवर्तन अन्य कुनै देशमा पनि गर्न नलगाइएको भनी गूगलले सीसीआईविरुद्ध सर्वोच्च अदालतमा मुद्द दायर गरेको थियो । 

तर अदालतले सीसीआईको पक्षमा फैसला सुनाएपछि गूगलले व्यापक परिवर्तन गर्ने भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्