पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
माघ १२, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपरसहित ३ जनाउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सामान नल्याई मिलेमतोमा फर्जी खरिद तथा दाखिला आदेश तयार गरी बिलमात्र खरिद गरी कार्यालय संचालन बजेट खर्च गरेको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
तत्कालीन कार्यालय प्रमुख अंगद बहादुर शाही र तत्कालीन स्टोरकिपर गोविन्द खनालले फार्मेसीबाट युटुलिटी ग्लोभ्स समेतका मेडिकल सामग्रीहरू खरिद नै नगरेको अवस्थामा मेडिकल सामग्रीहरू खरिद गरेको तथा झुट्टा बिल भरपाई कागजात तयार गरी भुक्तानी लिनेदिने कार्य गरेको अभियोगपत्रमा उल्लेख छ।
कार्यालय प्रमुख शाही र स्टोर किपर खनालले ८१ हजार १२२ रुपैयाँ भ्रष्टाचार गरेको उल्लेख छ।
साथै,शाहीले कार्यालयको खर्चबाट खरिद गरेको ७ हजार ७०७ रुपैयाँ बराबर रकमको औषधि आफ्नो व्यक्तिगत प्रयोजनका लागि खरिद गरी भुक्तानीसमेत लिई सरकारी सम्पत्तिलाई निजी प्रयोगमा लगाई हानि-नोक्सानी पुर्याएको अभियोगपत्रमा उल्लेख छ।
औषधि स्टोर दाखिलासमेत गरेको देखिएबाट स्टोरकिपर गोविन्द खनालविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी जिल्ला बाँके, डुडुवा गाउँकार्यपालिकाको कार्यालयमा सिनियर अहेव छैठौँ पदमा कार्यरत सीताराम चौधरीले संचालनमा नै नरहेको फार्मेसी संचालनमा रहेको भनी अनाधिकार तरिकाले अरू व्यक्तिले नै अन्यत्र सञ्चालन गरेको फार्मेसीबाट औषधि खरिद गरेको झुट्टा बिल उपलब्ध गराएको देखिएकोले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको हो।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...