×

NMB BANK
NIC ASIA

माओवादीको प्रस्ताव– राष्ट्रपति साझा व्यक्तिमा सहमति खोजौँ

माघ १२, २०७९

NTC
Premier Steels

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीले राष्ट्रपति सबै दललाई स्वीकार्य हुने साझा व्यक्तिमा सहमति खोज्न दलहरूसँग प्रस्ताव गरेको छ ।

Muktinath Bank

संविधानको भावना दलीय भागवण्डा​भन्दा माथिको व्यक्ति रहेको दाबीसहित माओवादीले सबैलाई मान्य हुने साझा व्यक्तिलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकमा कांग्रेस र एमालेसहितको सहमति गरेर राष्ट्रपतिमा साझा व्यक्ति खोज्नुपर्नेबारे छलफल भएको हो । बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले भारतमा डा. अब्दुल जे कलामजस्तै नेपालमा साझा व्यक्ति खोज्नुपर्ने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘सकेसम्म सहमतिको व्यक्तित्वलाई अगाडि सारौं, उदाहरणका लागि भारतमा अब्दुल कलामलाई राष्ट्रपति बनाइएको थियो । त्यही प्रकारको साझा व्यक्ति खोज्न सक्यौँ भने राम्रो हुन्छ,’ पौडेलले भने, ‘हाम्रो संविधानको भावना पनि राष्ट्रपतिको दलीय भागवण्डा या लुछाचुँडी गर्ने पद होइन ।’

Vianet communication

माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई बाइपास गर्न नहुने पनि निष्कर्ष निकालेको छ । ‘एमालेसहित सहमति गरेर जाऔं भन्ने हाम्रो प्रस्ताव हो । एमालेलाई बाइपास गरेर पनि राष्ट्रिय सहमति हुँदैन,' कांग्रेसलाई बाइपास गरेर पनि हुँदैन।’

पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री माओवादीले लिने तथा राष्ट्रपति र सभामुख एमालेले लिने भद्र सहमति भएको थियो । नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोले उसलाइ समेत सहमतिमा लिएर जानुपर्ने माओवादीको नयाँ लाइन आएको हो । 

पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठकअघि बालुवाटारमा एमाले अध्यक्ष केपी शर्माले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x