
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले दिने यस प्रतिष्ठित अवार्ड नेपाली क्रिकेटर शेखले जितेका आइसीसीले जनाएको छ।
गत फागुनमा ओमानमा भएको चार देश सम्मिलित टी-२० आई सिरिजमा आयरल्यान्डविरुद्धको खेलका कारण शेखले यस अवार्ड जित्न सफल भएका आईसीसीले जनाएको छ।
यस्तै पाकिस्तानी कप्तान बाबर आजम भने सन् २०२२ का लागि आईसीसी पुरुष क्रिकेटर अफ द इयर चुनिएका छन्।
यसबाहेक उनले ओडीआई क्रिकेटर अफ द इयरको अवार्ड पनि जितेका छन् ।
इंग्ल्याण्डका कप्तान बेन स्टोक्स वर्षको उत्कृष्ट टेस्ट खेलाडी घोषित भएका छन् । त्यसको एक दिनअघि टी–२० पुरुष क्रिकेटर अफ द इयरको अवार्ड भारतका सूर्यकुमार यादवले जितेका थिए ।
पाकिस्तानी खेलाडीले लगातार दोस्रो वर्ष पुरुष क्रिकेटर अफ द इयर अवार्ड पाएका हुन्। गत वर्ष पाकिस्तानकै फास्ट बलर शाहीन शाह अफ्रिदीले यो अवार्ड जितेका थिए ।
सर गारफिल्ड सोवर्ष ट्रफी वर्षको पुरुष क्रिकेटरलाई प्रदान गरिने गरिन्छ।
आईसीसी क्रिकेटर अफ द इयर अवार्डको दाबेदारीमा कुनै पनि भारतीय क्रिकेटर भने परेनन्। जसमा पाकिस्तानका कप्तान बाबर आजमका अलावा इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्स, न्युजिल्यान्डका टेस्ट कप्तान टिम साउथी र जिम्बाब्वेका सिकन्दर रजाको नाम थियो।