
देशका विभिन्न जिल्लाबाट प्रहरीले मृत अवस्थामा व्यक्ति फेला पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ती व्यक्तिहरु विभिन्न स्थानबाट मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको बर्दगोरीया गाउँपालिका–२ स्थित नालामा सोही ठाउँ बस्ने ४२ वर्षीय सुकै चौधरी बिहीबार मृत अवस्थामा फेला पारेका छन् ।
सोहीअनुसार दार्चुलाको ब्यास गाउँपालिका –४ डोबस्थित दार्चुला तिङ्कर सडक–खण्डको नालीमा सोही ठाउँ बस्ने ४० वर्षीय रामदत्त भट्ट बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यसैबीच, मोरङको बिराटनगर महानगरपालिका –९ स्थित रघुनाथ पेट्रोलपम्प भित्र रहेको ग्यारेजमा मिस्त्री काम गर्ने भारत अररिया जिल्ला बथनाहा–३ बस्ने ५५ वर्षीय सुरेश मण्डल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, गोरखाको सिरानचोक गाउँपालिका–७ सिम्ले घर भई हाल भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित ट्रष्टको काम गर्ने २७ वर्षीय टेकबहादुर बराम मसेल खाईथोकस्थित परालको टौवा छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सोहीअनुसार गुल्मीको गुल्मी रेसुङगा नगरपालिका –२ छापटोला डेरागरी बस्ने काठमाडौं टोखा नगरपालिका–२ सुर्य दर्शन घर भएका ३५ वर्षीय मधु क्षेत्री आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।