
एक यस्तो तस्वीर जो पूरै विश्वमा भाइरल भएको छ । यो तस्वीरले मानिसको दिल तोडेको छ ।
बेलायतको वाल्सोकेनको जूली एपिसेलाले फेसबुकमा एक तस्वीर शेयर गरेकी छिन् जो यस समय निकै चर्चामा छ ।
क्यान्सरप्रति गाजरुकता फैलाउने उनको कोशिशलाई मानिसले सराहना गरिरहेका छन् र उनको हिम्मतलाई सम्मान दिइरहेका छन् ।
तर उनले शेयर गरेको तस्वीर अगाडि मानिस भावुक बनेका छन् ।
वास्तवमा एपिसेलाले जुन तस्वीर फेसबुकमा शेयर गरेकी छिन्, उसको एक हिस्सामा २०१५ को तस्वीर छ । यसमा उनले आफ्नी छोरीको हासिरहेको तस्वीर राखेकी छिन् । तर दोस्रोमा २०१६ को तस्वीर राखेकी छिन् । पृष्ठभूमि त्यही हो तर त्यहाँ उनकी छोरी छैनन् ।
वास्तवमा उनकी छोरी क्यान्सरका कारण गत डिसेम्बरमा वितेकी थिइन् ।
एपिसेलाले फेसबुकमा लेखेकी छिन्, ‘स्कूल फोटो टाइम, तर यस पटक कुनै खास गायब छ । मेरी छोरी एमिली । कल्पना गर्नुहोस् कि तपाईंको स्कूल जाने यो अन्तिम तस्वीर हो, जो तपाईले खिच्नु भएको छ र सिर्फ याद बनेर रहने छ ।’
एपिसेलाकी छोरि एमिलीको सन् २०१३ मा किड्नीको क्यान्सर पत्ता लागेको थियो । जतिवेला उनी पाँच वर्षकी थिइन् ।