
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पदको अयोग्यतासम्बन्धी मुद्दामा आज पनि सर्वोच्चमा सुनुवाइ हुँदैछ ।
बुधवार हेर्दाहेर्दैमा राखिएको मुद्दा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रवार पनि सुनुवाइ हुन लागेको हो ।
इजलासमा कामु प्रन्या कार्कीका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा छन् ।
अमेरिकी पासपोर्ट त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्त नगरेकाले सांसद बन्नका लागि अयोग्य हुने भन्दै रविराज बसौला, युवराज पौडेल लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि बुधवारबाट अन्तिम सुनुवाइ शुरू भएको हो ।