२९ असार २०८३, सोमबार

म समस्याको गीत गाउन होइन, देशमा लगानीमैत्री वातावरण बनाउन आएको हुँ - मन्त्री भण्डारी

म समस्याको गीत गाउन होइन, देशमा लगानीमैत्री वातावरण बनाउन आएको हुँ - मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभई अर्थतन्त्र सुधारका लागि उद्योगीहरूलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताएका छन्।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उनले नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भए पनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री भण्डारीले सरकारको प्राथमिकता समस्या समाधानको सम्भावना खोजी र नीतिगत कुरामा सुधार गर्ने रहेको बताए।

उनले सरकार लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण सिर्जना गर्न र बैंकसँगको कारोबार सहज बनाउनेकुरामा गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर अघि बढिरहेको बताए।

उद्योगी, व्यापारीहरूले उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो कि भन्ने पीडाबोध गरिरहेको भन्दै उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए।

सरकारले रुग्ण उद्योगको सञ्चालन गर्न र विगतमा चल्न नसकेर बन्द भएका उद्योगहरू सञ्चालन गर्न आगामी दिनमा अघि बढाउने प्रतिवद्धता पनि जनाए।

मन्त्री भण्डारीले सरकारले उद्योग चलाउने नभई उद्योगीहरूलाई प्रोत्साहित गर्ने र नीति कानुन फुकाइदिने काम गर्ने बताए।

उनले उद्योग मन्त्रालयमातहत रहेका जग्गाहरूलाई निर्यात गर्ने वस्तुहरूको भण्डारणका लागि ठाउँ हेरिरहेको  पनि बताए।

एक्स्पो ३ दिनसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्