×

Nic Asia
Dabur
Prabhu Bank

म समस्याको गीत गाउन होइन, देशमा लगानीमैत्री वातावरण बनाउन आएको हुँ - मन्त्री भण्डारी

काठमाडाैं | माघ १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभई अर्थतन्त्र सुधारका लागि उद्योगीहरूलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताएका छन्।

yONNEX
IME BANK INNEWS

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उनले नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भए पनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

मन्त्री भण्डारीले सरकारको प्राथमिकता समस्या समाधानको सम्भावना खोजी र नीतिगत कुरामा सुधार गर्ने रहेको बताए।

उनले सरकार लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण सिर्जना गर्न र बैंकसँगको कारोबार सहज बनाउनेकुरामा गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर अघि बढिरहेको बताए।


Advertisment
Lokantar App
Saurya island

उद्योगी, व्यापारीहरूले उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो कि भन्ने पीडाबोध गरिरहेको भन्दै उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए।

सरकारले रुग्ण उद्योगको सञ्चालन गर्न र विगतमा चल्न नसकेर बन्द भएका उद्योगहरू सञ्चालन गर्न आगामी दिनमा अघि बढाउने प्रतिवद्धता पनि जनाए।

Vianet communication

मन्त्री भण्डारीले सरकारले उद्योग चलाउने नभई उद्योगीहरूलाई प्रोत्साहित गर्ने र नीति कानुन फुकाइदिने काम गर्ने बताए।

उनले उद्योग मन्त्रालयमातहत रहेका जग्गाहरूलाई निर्यात गर्ने वस्तुहरूको भण्डारणका लागि ठाउँ हेरिरहेको  पनि बताए।

एक्स्पो ३ दिनसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरूको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन्।  बिहीवार सामुदायिक ...

चैत ९, २०७९

बाराको निजगढ नगरपालिका-१३ मा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  निजगढ साँघुस्थित सडकमा ना२३प ६२७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना भएको हो। दुर्घट...

चैत ९, २०७९

काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो ३ महिनाको तथ्यांकअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको संख्या बढी देखिएको हो ।  दिनहँु र...

चैत ९, २०७९

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय शहर पोखराको लेकसाइडमा होटलको ११औं शाखा सञ्चालनमा ल्याएको छ ।  यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मी लगायत ठाउँबाट ह...

चैत ९, २०७९

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन्।  बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली स्वदेशी उत्पादन...

चैत ९, २०७९

शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ। आयोगले आज ७७ वटै जिल्लाका लागि ६ हजार १३ जना प्रावि शिक्षक संख्या कोटा खुलाएको हो।  जसअनुसा...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x