०७ साउन २०८३, बिहीबार

रवि लामिछाने निर्वाचित चितवन-२ मा उपनिर्वाचन हुने

रवि लामिछाने निर्वाचित चितवन-२ मा उपनिर्वाचन हुने

नागरिकता मुद्दामा सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनी निर्वाचित चितवन निर्वाचन-२ मा उपनिर्वाचन हुने भएको छ। 

सर्वोच्च अदालतको आजको आदेशले उनको सांसद पद गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गएको प्रतिनिधिसभा निर्वाचनमा चितवन-२ बाट भारीमतान्तरले विजयी भएका थिए। 

लामिछानेले ४९ हजार २ सय ६४ भोट पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गरेका थिए। यहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ भोट पाए।  

कमेन्ट गर्नुहोस्