०२ साउन २०८३, शनिबार

फिजीले सुरक्षाका विषयमा चीनसँग सहकार्य नगर्ने

माघ १३, २०७९
फिजीले सुरक्षाका विषयमा चीनसँग सहकार्य नगर्ने

फिजीले चिनियाँ कर्मचारीहरूलाई फिजी प्रहरी बलसँग काम नगर्न आग्रह गरेको छ फिजी टाइम्सले प्रधानमन्त्री सिटिभेनी रबुकालाई उद्धृत गर्दै फिजी प्रहरीले चिनियाँ अधिकारिहरूसँग सहकार्य जारी  राख्न  आवश्यक नरहेको बताएको छ । 
फिजी र चीनले २०११ मा हस्ताक्षर गरेको समझदारी पत्रलाई उल्लेख गर्दै फिजीका प्रधानमन्त्रीले भने, "हामीलाई  सो सहकार्य जारी राख्नु आवश्यक  छैन । काम गर्ने हाम्रो प्रणाली फरक छ।" फिजीले पहिलो पटक अन्य देशका कर्मचारीसँग सुरक्षाकर्मीले सहकार्य गर्न आवश्यक नरहेको  सार्वजनिकरूपमा बताएको हो ।  सन् २०११ मा गरिएको  सहमति अनुसार फिजीका प्रहरी अधिकारीहरूले चिनियाँ अधिकारिहरूसँग तालीम  लिने लगायतका विषयहरू सामावेश थिए ।   सन् २०२१ मा यस किसिमका तालीम गतिविधिहरू थप अगाडि बढाउँन चिनियाँ प्रहरीको सम्पर्क कार्यालय फिजीमा खोलिएको थियो र यस किसमका गतिविधि निकै उचाइँमा पुगेको थियो ।  
फिजी टाइम्सका अनुसार चीनको र फिजीको  प्रजातान्त्रिक र न्यायिक प्रणाली पृथक रहेकाले यस किसिमको सहकार्य आवश्यक नरहरेको बताइएको छ । यद्यपि अष्ट्रेलिया र न्युजिल्याण्डसँग बने यस किसिमका सहकार्य जारी रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्