×

Nic Asia
Dabur
Prabhu Bank

दुई विधेयकसहित एक दर्जन प्रस्ताव स्वीकृत

बाँके | माघ १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बाँकेको कोहलपुर नगरपालिकाको १२औँ नगरसभाले दुई वटा विधेयकसहित सार्वजनिक महत्वका झण्डै एक दर्जन प्रस्ताव आज स्वीकृत गरेको छ । 

yONNEX
IME BANK INNEWS

नगरसभाको दोस्रो बैठकमा नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले प्रस्तुत गरेको प्रस्तावलाई नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको हो । गएको पुष २९ गते बसेको पहिलो बैठकमा नगरप्रमुख आचार्यले कोहलपुर वाङ्मय प्रतिष्ठान विधेयक २०७९ र कोहलपुर नगरपालिकामा सार्वजनिक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ टेबल गरेका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

योसँगै बजेट, योजना तथा कार्यक्रम संशोधन, नगरपालिकाको सङ्गठन संरचनामा हेरफेर, लिजको नतिजा २०७८÷७९, अर्धवार्षिक प्रगति समीक्षा प्रतिवेदन २०७८÷७९ लगायत सार्वजनिक महत्वका विषय पनि बैठकमा टेवल गरेका थिए। ती विधेयक र सार्वजनिक महत्वको विषयसँगै आज प्रस्ताव गरिएका थप सात सार्वजनिक सरोकारका प्रस्ताव पनि बैठकले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । 

यातायात व्यवस्था कार्यालय बाँकेको ट्रायल सेन्टर कोहलपुरमा भएकाले यातायात कार्यालय पनि कोहलपुरमा स्थापना गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, कोहलपुर नगरपालिका तथा अखिल नेपाल फुटबल सङ्घ एन्फाबीच भएको सहमतिअनुसार कोहलपुर नगरपालिकामा फुटबल एकेडेमी तत्काल सञ्चालनका लागि एन्फा लगायतसँग पुनःअनुरोध गर्ने जनाइएको छ । 


Advertisment
Lokantar App
Saurya island

साथै, कोहलपुर नगरपालिकामा वर्षेनी हुने डुबान नियन्त्रणका लागि डुडुवा खोलामा तटबन्ध गरी डुडुवा करिडोर निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयारी तथा योजना कार्यान्वयनका लागि प्रदेश तथा सङ्घीय सरकारलाई आग्रह गर्ने रहेका छन् । 

नेपाल सरकार सहरी विकास मन्त्रालयबाट सञ्चालन हुने सघन सहरी विकास कार्यक्रममा कोहलपुर नगरपालिकालाई समेटी योजना स्वीकृतीका लागि अनुरोध गर्ने र खानेपानी तथा ढल निकास व्यवस्थापनलाई मन्त्रालयमा पहल गर्नेलगायत छन् । बैठकमा नगरप्रमुख आचार्यले कोहलपुर नगरपालिकाले संस्थागत सुधारका काममा प्राथमिकता दिएको बताए । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ शुरू भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ शुरू भएको हो ।  चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ...

चैत ६, २०७९

प्रभु बैंकको दिक्तेलस्थित शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिव...

चैत ६, २०७९

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेन्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म कारबाही गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड...

चैत ६, २०७९

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साइकल र्‍यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ । दिवसको अवसरमा जनचेतना जागृत गर्न साइकल र्‍यालीको आयोजना गरिएको ह...

चैत ६, २०७९

राहदानी विभागले मङ्गलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जना...

चैत ६, २०७९

काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत उजुरी  घर बहालसँग सम्बन्धित आउने गरेको जनाएको छ ।     छिमेकीले खानेपानी ल्याउन असहयोग गरेको, सडक मिचेर घर निर्माण, फोहर व्य...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x