
गरुडा नगरपालिका–५ चिनीमिलस्थित गौर–चपुर सडकमा प्र २–०३–००१ च ३९०४ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ इर्नवा बस्ने ६५ वर्षीय अनुपराय यादवको शुक्रबार मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको झाजपुलस्थित आयुष्मान हस्पिटल हुँदै एलएस न्यूरो हस्पिटल वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।