×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा : ‘अनागरिक’को हैसियतमा रवि लामिछाने

माघ १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर भएसँगै उनले सांसद, पार्टीको सभापति, गृह मन्त्री र पार्टी संसदीय दलको नेता पद एकैसाथ गुमाएका छन् । 
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार लामिछानेले विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरा गरेको नदेखिएकाले सांसद पदमा रहिरहन नमिल्ने ठहर हो ।
‘निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदबार भई निर्वाचित समेत भएको देखिँदा निज प्रत्यर्थी रबि लामिछानेलाई उम्मेदबार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतका काम कारवाही नेपालको संविधानको धारा १३३ को उपधारा (२) (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ’, अदालतको फैसलामा उल्लेख छ । 
लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी) लाई नदिएको अदालतले ठहर गरेको छ ।  यस्तै नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रकृया वमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ । 

Muktinath Bank

सो अनुसारको प्रक्रिया अपनाएको भन्ने समेत प्रत्यर्थीले जिकिर लिएको नपाइएको अदालतको फैसलामा उल्लेख छ ।
००००
अदालतको फैसलापछि लामिछाने अनागरिक बन्न पुगेका छन् । अदालतले उनले निर्वाचनका समयमा प्रयोग गरेको नागरिकतालाई मान्यता नदिएपछि उनी अनागरिक भएका हुन् । 
सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीका अनुसार लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेको प्रष्ट भए पनि नेपाली नागरिक हुनका लागि नागरिकता पाउन प्रक्रिया पूरा नगरेको अदालतले ठहर गरेको छ ।
सर्वोच्च अदालतको फैसलासँगै लामिछानेले आफूले अदालतको फैसलाको सम्मान गर्दै गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । अनागरिक कुनै पनि पदमा बसिरहनु सही नभएको उल्लेख गर्दै उनले राजीनामा दिएका हुन् ।
गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारसँग प्रतिक्रिया दिँदै लामिछानेले भने, ‘म सर्वोच्च अदालतको फैसलाको सम्मान गर्छु, अनागरिक भएको हुनाले म अहिले केहीपनि बोल्न चाहन्नँ ।’ उनले अमेरिकाको नागरिकता त्याग गरेको प्रमाण बुझाएर पुनः नागरिकता प्राप्तिका लागि निवेदन दिएपछि पहिलाकै नागरिकता कायम रहने कानूनी व्यवस्था छ । राजीनामासँगै लामिछानेले सरकारी क्वार्टपनि छाडिसकेका थिए । अदालतको फैसलासँगै उनले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा दिएका थिए ।
००००
रवि सभापति बन्न समेत अयोग्य भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले श्रममन्त्री समेत रहेका उपसभापति अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
 प्रवक्ता मुकुल ढकालका अनुसार बैठकले सभापति रवि लामिछानेको नागरिकताको सम्बन्धमा सर्वोच्चले गरेको फैसला मानेर अघि बढ्ने निर्णय पनि भएको छ । बैठकले संसदीय दलको नेता पनि  अर्याललाई नै बनाउने निर्णय भएको छ । 
००००
चितवन क्षेत्र नम्बर २ जनप्रतिनिधिविहीन बनेको छ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै उनको सांसद पद खारेज गरिदिएपछि चिवतन प्रतिनिधिसभा क्षेत्र नम्बर २ जनप्रतिनिधिविहीन बनेको हो।  
मंसिर ४ गते भएको निर्वाचनबाट लामिछाने भारीमतान्तरका साथ विजयी भएका थिए । निकटतम् प्रतिस्पर्धी  कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाउँदा रविले ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए । रविको सांसद पद गएसँगै सो क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । 
००००
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको छ ।  केन्द्रीय समितिको निर्णय बमोजिम पार्टीले माघ १४ देखि सबै प्रदेशमा प्रदेश समितिहरूको विस्तारित बैठक आह्वान गरेको थियो ।
 तर, सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गरेसँगै पार्टीले पूर्वनिर्धारित बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको हो।
००००
रवि लामिछानेलाई गृहमन्त्री पद अभशाप भएको संविधानविद् भीमार्जुन आचार्यले बताएका छन्। 
सर्वोच्च अदालतले रवि लामिछानेलाई अनागरिक ठहर गरी उनको सांसद पद खारेजसँगै आचार्यले कानुन र अदालतको आदेश सबैले मान्नै पर्नेमा कुनै विवाद नरहेको तर्क गरेका छन्।
००००
सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि उनको समर्थनमा नाराबाजी भएको छ ।  सर्वोच्च परिसरमा उनका समर्थकहरूले नाराबाजी गरेका हुन्। उनीहरूले रवि दाइ हाइ हाइ, निर्वाचन आयोगलाई कारबाही, न्यायालय मुर्दाबादुको नारा लगाएका थिए । सो क्रममा केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 
अब लोकान्तर राउण्ड अपमा पछिल्ला २४ घण्टाका अन्य समाचारः
माओवादी स्थायी कमिटीका अधिकांश सदस्यहरूले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा मत राखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जारी स्थायी कमिटी बैठकमा अधिकांशको मत राष्ट्रिय सहमति जुटाएर राष्ट्रपति चुनाव गरौं भन्ने रहेको जानकारी उपाध्यक्ष कृष्णबहादुर महराले दिए ।
‘राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्ने  धेरै कमरेडहरूले आवाज उठाउनुभएको छ’, महराले भने, ‘राष्ट्रिय सहमति कहाँ हुन्छ त्यहाँ राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ ।राष्टिय सहमति हाम्रो मत हो । अरू पार्टीसँग पहल गर्न बाँकी नै छ ।’
००००
राष्ट्रियसभा उपाध्यक्षको उपनिर्वाचन माघ २३ गते सोमबार हुने भएको छ। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिति तय भएको जानकारी दिएका हुन्।
००००
पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेको खाल्डाखुल्डी ६५ प्रतिशत मर्मत भएको छ । 
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकमा संरचना रहेका निकायका प्रतिनिधिसहित बैठक गरेर दुई सातामा खाल्डाखुल्डी ममर्तका लागि निर्देशन दिएका थिए।
००००
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् ।
एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार पत्रकार सम्मेलन गरेको फागुन ११ गतेदेखि १७ गतेसम्म आयोजना हुने ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९’ प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने भएको बताएको हो ।
००००
आत्मदाहको प्रयास गरेर घाइते भएका प्रेम आचार्यलाई अस्पतालमा भेट्न गएकी स्वास्थ राज्यमन्त्री तोसिमा कार्कीले विवादमा परेपछि स्पष्टीकरण दिएकी छन्।  
आफू घाइते अवस्थामा रहेका आचार्यलाई भेट्न जाँदा अस्पताल प्रसाशनको कुनै प्रोटोकल नमिचेको बताएकी छन्।
००००
लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनकोस्याङ्जाको पुतलीबजार नगरपालिकास्थित आफ्नै घरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालले जानकारी दिए ।
००००
अवैध रूपमा विदेश पठाउन लागिएको १ सय १ थान राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थानसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका ३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका ७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेका छन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x