३० जेठ २०८३, शनिबार

गृह मन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

गृह मन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

नागरिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज भएपछि उनले सम्हाल्दै आएको गृह मन्त्रालयको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै लिएका छन् । 

अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता लिनुको सट्टा लामिछाने पुरानै नागरिकता देखाएर सांसद जित्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए ।

लामिछानेले प्रक्रिया नपुर्‍याएको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद निलम्बन गरेपछि उनले प्रधानमन्त्री प्रचण्डसमक्ष शुक्रबार साँझ नै राजीनामा बुझाएक थिए ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएको र प्रधानमन्त्रीको सिफारिसमा यो मन्त्रालयको नेतृत्व प्रचण्डले सम्हाल्ने गरी जिम्मेवारी तोकेको जनाएको छ । 

No description available.

salt training

कमेन्ट गर्नुहोस्