२९ जेठ २०८३, शुक्रबार

सर्वोच्चको फैसलाले कोही पनि आत्तिनु पर्दैन- सुवास नेम्वाङ

सर्वोच्चको फैसलाले कोही पनि आत्तिनु पर्दैन- सुवास नेम्वाङ

सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधानअन्तरगत नै हल गरेर अघि बढन आफूहरू सक्षम रहेको पनि पटकपटक दोहोर्‍याए।

शहीद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिवार आयोजना गरेको एक कार्यक्रममा उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरू सचेत हुनुपर्ने आवश्यक्ता औंल्याए।

संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरूले आफ्नो बुद्धि, विवेक र क्षमता प्रदर्शन गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।

उपाध्यक्ष नेम्वाङले भने, ‘अहिले भर्खरका पनि घटनाक्रमहरू छन नि । सम्मानित सर्वोच्च अदालतले अहिले हाम्रो गृहमन्त्री उनले राजीनामा गर्नुपर्ने अवस्था भयो नि । के हुन्छ ? यी सबै घटनाक्रमहरूलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधानअन्तरगत हामी राजनीतिक दलहरूलाई यसलाई एउटा टुंगोमा पुर्‍याउन सक्षम छौं । पुर्‍याउँछौं। यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन ।'

यस्ता कुराहरू उत्पन्न हुने र त्यो अवस्थालाई हामीले सम्बोधन गर्छौं भनेर सोचेरै यो संविधान बनाइएको उनले बताए।

मिश्रित निर्वाचन प्रणाली अपनाउँदा कसैको बहुमत नआउन सक्छ भनेर पहिले नै सोचेर संविधान बनाएको उनले तर्क गरे।

'म आग्रह गर्न चाहन्छु यी सम्पूर्ण कुराहरूलाई जनताले जनताका लागि बनाएको संविधान अन्तरगत हामी पार लगाउँछौं । यो कुरा पनि मौकामा भन्नु पर्दछ होइन ? यो त संविधानकै त्रुटि पो भएछ कि ? संविधानमै त्रुटि भएछ कि । म आफ्नो कुरालाई टुंग्याउन चाहन्छु । त्यसो होइन ।

उपाध्यक्ष नेम्वाङले मुलुकमा देखापरेका समस्याहरूलाई समाधान गर्न राजनीतिक दलहरू र त्यसको नेतृत्व समक्ष रहेको पनि बताए।

उनले नेपालको संविधान शहीदहरूको भावना अनुसार बनेको पनि बताए।

salt training

कमेन्ट गर्नुहोस्