०४ साउन २०८३, सोमबार

अखिल क्रान्तिकारीले शुरु गर्‍यो स्ववियु कार्यशाला

अखिल क्रान्तिकारीले शुरु गर्‍यो  स्ववियु कार्यशाला

अखिल क्रान्तिकारीले स्ववियु चुनावसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । केन्द्रीय समितिको निर्णयअनुसार उपत्यका विशेष प्रदेश समितिले शनिबार काठमाडौंमा कार्यशाला सम्पन्न गरेको हो ।

कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य हिमाल शर्माले स्ववियुमा उमेरहद अखिल क्रान्तिकारीको नेतृत्वमा लागेको बताउनुभयो । एक ढिक्का भएर स्ववियु चुनावमा होमिन सम्पूर्ण नेता कार्यकताहरुलाई निर्देशन समेत दिए । उनले अखिल क्रान्तिकारीभित्र देखा परेका अराजनीतिक गतिविधिहरुलाई स्थान दिन नहुने बताए । 

संगठनका अध्यक्ष सिंहले आफूहरुको सम्पूर्ण ध्यान स्ववियु चुनाव केन्द्रीत रहेको बताउँदै केन्द्रीय परिपत्रअनुसार सम्पूर्ण शक्ति क्याम्पसहरुमा केन्द्रीत गरेर अगाडि बढ्न निर्देशन दिइन् ।

उपाध्यक्ष मिलन एमसी स्ववियु चुनावमा श्रेष्ठता हासिल गर्न सम्पूर्ण शक्ति एक भएर लाग्नुपर्ने बेला आएको बताए । त्यस्तै, उपाध्यक्ष राजकुमार एक्सो लिम्बुले अखिल क्रान्तिकारीको गौरवपूर्ण बिरासत जोगाउन पनि स्ववियु चुनाव जित्नुपर्ने जिम्मेवारी आएको बताए । 

त्यसैगरी संगठनका महासचिव दिपेश पुनले सबै क्याम्पसहरुमा स्ववियु चुनाव सम्पन्न गर्ने र विजयी हुने दायित्व अखिल क्रान्तिकारीको काँधमा आएको बताए । कार्यक्रममा संगठनका सचिव प्रसुन कार्की, बाबुराम नेपाली, विशेष प्रदेशका अध्यक्ष संजिव रेग्मीले कार्यशालालाई सम्बोधन गरेका थिए । 

अखिल क्रान्तिकारीले यही माघ १५ गते कर्णाली, १६ गते सुदूरपश्चिम, १७ गते लुम्बिनी, १८ गते बागमती, १९ गते मधेस, २० गते १ नम्बर प्रदेशमा कार्यशाला गर्ने निर्णय गरेको छ । 

कमेन्ट गर्नुहोस्