
भारतको मध्य प्रदेशमा लडाकु विमान आपसमा ठोक्किँदा १ पाइलटको मृत्यु भएको छ ।
भारतीय वासु सेनाका विमान आपसमा ठोक्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा १ पाइलटको मृत्यु भएको छ भने २ पाइलट प्यारासुटबाट उत्रिएका छन् । २ जना घाइते भएका छन्, उनीहरूको उपचार भइरहेको छ ।
दुवै विमानले मध्य प्रदेशको ग्वालियर एयरबेसबाट उडान भरेका थिए । विमान सैनिक तालिमका क्रममा उडेको थियो । दुर्घटनामा पाइलट हनुमन्त रावको निधन भएको छ ।
दुर्घटनाग्रस्त विमान मुरैनाको पहाडगढ र राजस्थानको भरतपुरमा खसेको जनाइएको छ ।