×

NMB BANK
NIC ASIA

प्रहरीमा सरुवा कार्यविधिः २ पटकभन्दा धेरै इन्चार्ज नपाउने, तराईबाट तराई सरुवा नहुने

माघ १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरीमा सरुवासम्बन्धी नयाँ कार्यविधि लागु हुने भएको छ।

Muktinath Bank

नयाँ कार्यविधिअनुसार इन्चार्ज जाने प्रहरी अधिकृतले एउटा दर्जामा २ पटक भन्दा धेरै नपाउने व्यवस्था गर्न लागिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार पछिल्लो समयमा प्रहरी अधिकृतहरूले राजनीतिक पहुँच पुर्‍याएर लगातार ‘कमाउ ठाउँ’मा सरुवा माग्ने प्रवृत्ति बढेपछि त्यसलाई निरुत्साहित गर्न कार्यविधि बनाउन लागिएको हो ।


Advertisment
Nabil box
Kumari

प्रहरीमा यसभन्दा अगाडि पनि सरुवासम्बन्धी कार्यविधिहरू बने पनि प्रहरी अधिकृतहरूले पहुँचका भरमा आफूले चाहेको ठाउँमा सरुवाका लागि दबाब दिन थालेपछि कार्यविधि आउन लागेको हो।

Vianet communication
Laxmi Bank

नयाँ कार्यविधिमा तराईका जिल्लामा जिल्लापति भएका इलाकापति भएका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी)ले पहाडी जिल्लामा मात्रै इन्चार्ज पाउने व्यवस्था गर्न लागिएको छ ।

कार्यविधिमा इन्चार्ज पाउने अधिकृतहरूले एउटा दर्जामा २ पटकभन्दा धेरै इन्चार्ज नपाउने भएका हुन् ।

यसअनुसार डीएसपीमा २ पटक इन्चार्ज पाएकाले एसपी नभई तेस्रो इन्चार्ज नपाउने भएका छन् भने एसपीमा २ पटक इन्चार्ज पाएकाले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नभएसम्म नपाउने व्यवस्था कार्यविधिमा गर्न लागिएको छ ।

जिल्लाहरूलाई ‘क’, ‘ख’, ‘ग’ बनाएर त्यसअनुसार सरुवा  गर्नेगरी कार्यविधि बनाउन लागिएको छ भने तालिमकेन्द्र गणहरूलाई पनि वर्गीकरण गरेर सरुवा गर्नेगरी कार्यविधि बन्न लागेको छ ।

२ साता अगाडि गृह मन्त्रालयले जिल्ला प्रमुख अधिकारी (सीडीओ)हरूको सरुवासम्बन्धी कार्यविधि बनाएर सरुवा गरेको थियो ।

उपप्रधान तथा गृहमन्त्री भएका बेला रवि लामिछानेले सरुवासम्बन्धी कार्यविधि बनाउन निर्देशन दिएपछि नयाँ कार्यविधि बनाइएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x