२७ जेठ २०८३, बुधबार
नागरिकता पुनः प्राप्ति

रविले पाए नागरिकता, आजै पार्टी सभापति बनाउने तयारी

रविले पाए नागरिकता, आजै पार्टी सभापति बनाउने तयारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रवि लामिछानेले नागरिकता पाएका छन्।

आज बिहान लामिछाने नागरिकता पुनः प्राप्तिका लागि सीडीओ कार्यालय पुगेका थिए।

जिल्ला प्रशासन कार्यालयबाट बाहिरिने क्रममा उनले कुनै अभव्यक्ति भने दिएनन्। जहाँ समर्थकहरूको भीड लागेको थियो।

समर्थकहरूले 'नागरिकता पाउनुभो' भनेर सोधे पनि उनी चुपचाप त्यहाँबाट निस्किए।

माघ १३ गते सर्वोच्च अदालतले लामिछानेलाई अनागरिक ठहर गरेको थियो। सर्वोच्चको फैसलापछि उनको सांसद र मन्त्री पद गुमेको थियो। साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाएका थिए।  

यसैबीच रास्पाले लामिछानेले नागरिकता पुनः प्राप्त गरेपछि फेरि उनलाई नै सभापति बनाउने भएको छ।

जसका लागि आज दिउँसो ३ बजे पार्टीले केन्द्रीय समिति बैठक डाकेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्