२६ असार २०८३, शुक्रबार

शमिता सेट्टीलाई कारमा राखेर किस गर्दै बिदाइ गरे आमिरले

शमिता सेट्टीलाई कारमा राखेर किस गर्दै बिदाइ गरे आमिरले

बलिउड अभिनेत्री शिल्पा शेट्टीकी बहिनी तथा अभिनेत्री शमिता शेट्टीको एउटा भिडियो भाइरल भएको छ।

जसमा उनी टीभी अभिनेता आमिर अलीसँग देखिएकी छन् ।

शमिता अभिनेता आशीष चौधरीको विवाहको वार्षिकोत्सवमा पुगेकी थिइन्, जहाँबाट फर्किने क्रममा उनको र आमिरको भेट भएको थियो।

आमिरले शमिताको हात समातेर कारको गेटमा ड्रप गर्न गएका थिए। उनले त्यहाँ शमितालाई कारमा राखेर बिदाई गर्दै किस गरेको भिडियो बाहिरिएको छ।

शमिताको हालै अभिनेता राकेश बापटसँग ब्रेकअप भएको थियो भने आमिर पनि आफ्नी पत्नी सञ्जीदा शेखसँग अलग भएका थिए ।

शमिता शेट्टी २०२१ मा बिगबोसमा आएकी थिइन्। त्यहीँबाट उनी र राकेश बापटबीच निकटता बढेको थियो।

दुवैले केही दिन एकअर्कालाई डेट पनि गरेका थिए। तर उनीहरूबीच सम्बन्ध लामो समय टिकेन। पछि दुवैको ब्रेकअप भएको थियो ।

यता आमिर अलीले भने टीभी अभिनेत्री सन्जिदा शेखसँग सन् २०२२ मा सम्बन्धविच्छेद गरेका थिए। सन् २०१२ मा उनीहरूले विवाह गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्