०६ साउन २०८३, बुधबार

राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्दै नेपाली सेना

माघ १५, २०७९
राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्दै नेपाली सेना

नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ । कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडकोे प्रवर्द्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि यही माघ २१ गते एकताका लागि दौड प्रतियोगिता हुने भएको हो ।

उत्तर पश्चिम पृतना हेडक्वार्टरद्वारा सेनाले गरेको अर्धवार्षिक कार्यप्रगति सार्वजनिक गर्दै आज एकताका लागि दौड प्रतियोगिता गर्न लागिएको जनाइएको छ । खेलकुद क्षेत्रको विकासमा थप टेवा, विद्यार्थी तथा खेलाडीहरूलाई हौसला प्रदान गर्दै राष्ट्रियता र संस्कृति जगेर्ना गर्ने माध्यमका रूपमा विकास गर्न प्रतियोगिता गर्न लागिएको सेनाले जनाएको छ ।

करिब एक हजारको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रा समावेश गरिएको छ । जसमा पाँच किलोमिटर पैदल यात्रा, पाँच किलोमिटर पुरुष महिला दौड र १० किलोमिटर पुरुष महिला दौड रहेका छन् । प्रतियोगितामा सर्वसाधारणदेखि खेलाडी, कर्मचारी, सुरक्षा निकायका कर्मचारी, विद्यार्थी तथा विभिन्न सङ्घसंस्थाले भाग लिन पाउनेछन् । पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः रु १० हजार, पाँच हजार, तीन हजार र १० किलोमिटरमा रु २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । 

यस्तै उक्त दिन सेनाले युद्ध कौशल, हातहतियार, विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री, आर्टिलरी उपकरण, विविध सांस्कृतिक प्रस्तुति, सैनिक पुस्तकहरूको प्रदर्शनीसमेत गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्