२९ असार २०८३, सोमबार

कुष्ठरोग सेवामा रहेको कमीलाई सम्बोधन गर्न राष्ट्रहरूसँग विश्व स्वास्थ्य सङ्गठनको आग्रह

माघ १५, २०७९
कुष्ठरोग सेवामा रहेको कमीलाई सम्बोधन गर्न राष्ट्रहरूसँग विश्व स्वास्थ्य सङ्गठनको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीका कारण अवरुद्ध कुष्ठरोग सेवामा देखिएको कमीलाई सम्बोधन गर्न दक्षिण पूर्वी एसिया क्षेत्र र विश्वका देशहरूलाई आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले आइतबार जारी एक विज्ञप्तिमा भनिएको छ, “शून्य कुष्ठरोग सङ्क्रमण, शून्य कुष्ठरोग अशक्तता र शून्य कुष्ठरोग कलङ्कको प्रयासलाई तीव्रता दिन राष्ट्रहरूलाई आह्वान गरेको हो ।”

डब्लुएचओका दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले जारी गरेको प्रेस विज्ञप्तिमा कुष्ठरोग चाँडै पत्ता लागेमा शतप्रतिशत निको हुने उल्लेख छ । कुष्ठरोग निवारणका लागि थालिएका सेवाहरू पुनःस्थापित गर्न काम गर्नुपर्नेमा उउनको जोड छ ।

बिरामीलाई दिइने एकल–मात्रा रिफाम्पिसिन केमोप्रोफिलेक्सिसको उत्पादन बढाउन, सक्रिय सङ्क्रमितको सङ्ख्या पत्ता लगाउन र शीघ्र निदान र उपचार सुनिश्चित गर्न ध्यान केन्द्रित गरिनुपर्नेमा जोड दिँदै यसमा डब्लुएचओले अविभावकीय भूमिका खेलिरहने उनकाे भनाइ छ ।

यस वर्षको विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग अन्त्य गरौँ’ भन्ने रहेको छ । सन् २०२१ मा एक लाख ४० हजार कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन्, जसमध्ये ९५ प्रतिशत नयाँ सङ्क्रमित विश्वका प्राथमिकता प्राप्त २३ देशमा देखिएका छन् । तीमध्ये छ प्रतिशतमा देखिने विकृति वा ग्रेड–२ अपांगता (जीटुडी) देखिएको थियो । नयाँ सङ्क्रमितमध्ये छ प्रतिशतभन्दा बढी १५ वर्षमुनिका बालबालिका रहेका छन् । सन् २०२० देखि २०२१ सम्ममा नयाँ सङ्क्रमितको सङ्ख्यामा १० प्रतिशतले वृद्धि भएको छ ।

कमेन्ट गर्नुहोस्