२४ असार २०८३, बुधबार

चलचित्र विकास बोर्डले दुबईमा गर्न लागेको फिल्म फेस्टिभलमा ‘महापुरुष’ सहभागी नहुने

चलचित्र विकास बोर्डले दुबईमा गर्न लागेको फिल्म फेस्टिभलमा ‘महापुरुष’ सहभागी नहुने

चलचित्र विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा ‘महापुरुष’लाई सहभागी नगराउन निर्माण टिमले अनुरोध गरेको छ । 

साथै, निर्माण टिमले आफूहरूसँग अनुमति नलिई ‘महापुरुष’ देखाउने भन्दै प्रचार गरिएकोमा पनि आपत्ति जनाएको छ । 

फिल्म निर्माण कम्पनी षट्कोण आर्टले आफ्नो फेसबुकमा लेखेको छ – चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेसनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्व सामु पुर्याउने नाराका साथ दुबईमा गर्न लागेको गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा हाम्रो फिल्म ‘महापुरुष’ हामीसँग अनुमति नलिइकन उक्त कार्यक्रममा समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो नेपाली चलचित्र लाई विश्व बजारमा पुर्याउने विकास बोर्डको चाहना स्वागत छ तर यी र यस्ता नेपालीहरू माझ हुने घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला ? यता खर्च गर्ने ३० लाख पैसाले बरु त्यै मिडल इस्टमा व्यावसायिक प्रदर्शन हुने नेपाली फिल्महरुको सेन्सरमा ट्रान्सलेसनमा सहयोग गरे केही राहत होला । साथै विवादमा आएको कम्पनीसँग सहकार्य गर्न बोर्डलाई के कुराले बाध्य बनायो होला ? यी र यस्तै प्रश्न र सुझाव सहित हाम्रो फिल्म उक्त कार्यक्रममा सहभागी नगराउनु हुन अनुरोध गर्दछौ ।’ 

चलचित्र विकास बोर्डले विवादास्पद कम्पनी सूर्य कर्पोरेसनलाई इभेन्टको जिम्मा दिँदै दुबईमा फेस्टिभल गर्ने तयारी गरिरहेको छ ।

फेब्रुअरी १२-१४ सम्म हुने फिल्म फेस्टिभलमा ‘कबड्डी कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’, ‘महापुरुष’आदी फिल्म पनि देखाउने कार्यतालिका रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्