०२ साउन २०८३, शनिबार

अनेरास्ववियुको महाधिवेशनको लागि तयारी तीव्र

अनेरास्ववियुको महाधिवेशनको लागि तयारी तीव्र

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आसन्न २३औं राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ ।

अनेरास्ववियुले केन्द्रीय महाधिवेशन सम्पन्न गर्न १ हजार १११ सदस्यीय सम्मेलन जनपरिचालन कमिटी गठन गरेको छ ।

नेपाल ल क्याम्पसमा आइतवार अध्यक्ष सुनिता बरालको अध्यक्षतामा अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको तयारी सन्दर्भमा जनपरिचालन उपसमितिद्वारा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलाले केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, उपत्यकाका तीनैवटा  जिल्ला कमिटी र उपत्यकाका त्रिवि अन्तर्गतका क्याम्पस कमिटी अध्यक्ष रहने गरी उपाध्यक्ष उमेश आचार्यको नेतृत्वमा जनपरिचालन समिति गठन भएको अनेरास्ववियुका प्रचार विभाग  सचिव नवराज ढकालले जानकारी दिए ।

देशभरका सबै क्याम्पसहरू प्रत्येक जिल्लाका मुख्य शहरहरू र प्रदेश राजधानीमा प्रचार ब्यानरसहित प्रचारका विभिन्न गतिविधि गर्न विशेष सर्कुलर जारी भएको छ । देशभरका करीब १७ सय प्रतिनिधिको सहभागी हुने अनेरास्ववियुको महाधिवेशन आउँदो फागुन २ गते प्रज्ञा भवन काठमाडौंमा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्